Error message

  • User warning: The following module is missing from the file system: checklistapi. For information about how to fix this, see the documentation page. in _drupal_trigger_error_with_delayed_logging() (line 1156 of /var/www/html/includes/bootstrap.inc).
  • User warning: The following module is missing from the file system: multiupload_filefield_widget. For information about how to fix this, see the documentation page. in _drupal_trigger_error_with_delayed_logging() (line 1156 of /var/www/html/includes/bootstrap.inc).

Photo Gallery

मिति २०७३/०३/२५ गते यस कार्यविनायक नगरपालिकाले आयोजना गरेको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सफलता पूर्वक सम्पन्न गरियो । सरकारी निकायको सेवा सम्बन्धमा सर्वसाधारणको गुनासो समेट्ने उद्देश्यले सार्वजानिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको हाे । कार्यविनायक नगरपालिकाको आयोजनामा साविक छम्पि गाविसकाे खुल्ला चाैरमा सम्पन्न भएको कार्यक्रममा सर्वसाधारणले सरकारी सेवाका विषयमा जिज्ञासा राखेका थिए भनें सरकारी कार्यालयका प्रमुखहरुले समाधानको प्रयास गर्नुभएको थियो ।
सो कार्यक्रममा बिभिन्न कार्यालयले प्रदान गर्ने सेवा सुविधा र सञ्चालन गर्ने योजनाको विषयमा सर्वसाधारणको गुनासो र सम्बन्धित निकायको जवाफ र प्रतिवद्धता समेट्ने प्रयास गरिएको थियाे । कार्यक्रममा सर्वसाधारणले कार्यबिनायक नगरपालिकाले सञ्चालन गरेका कामहरुमा बढी जिज्ञासा राखेका थिए ।
उनीहरुले नगरपालिकामा सञ्चालित योजनाहरुको अवस्था, योजना छनोटको प्रकृया, पेश्की र फछ्याैट प्रकृया छम्पी टिकाभैरव मोटर बाटोको विषयमा जिज्ञासा राखेका थिए । सर्वसाधारणले सरकारी कार्यालयले सेवा प्रदानमा ढिलासुस्ती गरेको सरकारी अधिकारीहरु औपचारिक कार्यक्रममा बढी सहभागी भएको विषयमा पनि गुनासो गरका थिए ।
करिब साँढे २ घण्टा चलेको सुनुवाइ कार्यक्रममा सर्वसाधारणले सोधेको जिज्ञासाको प्रमुख कार्यकारी अधिकृत श्री राेहित राज पाेखरेलले उत्तर दिनुभएको थियो ।

अगाडी ड्यासमा उपस्थित हुनुभएका कार्यकारी अधिकृत लगायतका अथिति ,  तेस्रो सार्वजनिक सुनुवाई कार्यक्रम सहभागी नगरपालिका को कर्मचारीहरु,  तेस्रो सार्वजनिक सुनुवाई कार्यक्रममा आफ्नो जिज्ञासा राख्दै स्थानीय सहभागी,  तेस्रो सार्वजनिक सुनुवाई कार्यक्रममा आफ्नो जिज्ञासा राख्दै स्थानीय सहभागी, सहभागी लाई जवाफ दिदै कार्यकारी अधिकृत, तेस्रो सार्वजनिक सुनुवाई कार्यक्रम मा स्वागत मन्तव्य दिदै लेखा अधिकृत श्री हर्क बहादुर शाही