नगरपालिका परिचय

स्थानिय स्वायत्त शासन ऐन, २०५५ को दफा ८० मा भएको व्यवस्था बमोजिम मिति ”०७१ साल मंसिर १६ को नेपाल सरकारको निर्णयले यस नगरपालिकाको गठन गरिएको हो । ललितपुर जिल्ला स्थित हाल यस नगरपालिकामा समावेश गरिएका साबिकका सैंबु, खोकना, बुंगमति, छम्पी र डुकुछाप गा.बि.स. क्षेत्र भित्रका प्रसिद्ध मन्दीरहरु मध्येका कार्यबिनायक गणेश मन्दीरको नामबाट यस नगरपालिकाको नामाकरण गरिएको हो । पहाडी जिल्लामा पर्ने भएकोले यहाँको भौगोलिक बनावट भिर पाखाले भरिएको छ । २१.५ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएर २७०६४” उत्तरी अक्षांश र ८५०३०” पूर्वी देशान्तरमा अवस्थित रहेको छ । नगरपालिका को सिमाना पुर्वमा ल.पु.उ.म.न.पा. को सुनाकोठी, बज्रबाराही न.पा.को ठेचो, चापागाउँ, लेले क्षेत्र पश्चिम मा दक्षिणकाली नगरपालिका, उत्तरमा ल.पु उ.मा.न.पा वडा ४ र दक्षिणमा देवीचौर गा.वि.स संग जोडीएको छ ।

धार्मिक, साँस्कृतिक र पर्यटकीय र प्राचिन बिशेषताका हिसाबमा दक्षिण एसियामै पहिलो जल विद्युत गृह बाट विद्युत परिक्षण गर्दा बत्ति बालेको पहिलो घर, उपत्यकाको चार विनायक मध्यको कार्यविनायक मन्दिर, नेपालकै लामो जात्रा रातो मक्षिन्द्रनाथ को मन्दिर र जात्रा, रुद्रायाणी मन्दिर, सिकाली मन्दिर, अन्य मठमन्दिर, पाटीपौवा, प्राचिन नेवार बस्ती, विभिन्न हस्तकला र प्राचिन पोखरी आदि मुख्य आकर्षणको रुपमा रहेको छ ।